Rule 44
विभूषण फिर्ता गर्नु पर्ने
(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि देहायका व्यक्तिहरुले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अवधिभित्र ऐन प्रारम्भ हुनुअघि विभूषण सम्बन्धी तत्काल प्रचलित कानून बमोजिम प्राप्त गरेका देहायका विभूषणहरु गृह मन्त्रालयमा फिर्ता गर्नुपर्ने छः–
क० तत्काल कायम रहेको राजपरिवारका सदस्य वा शाही नातेदारले सो हैसियतमा प्राप्त गरेको पदक,
ख० राजनीतिमा प्रत्यक्ष रुपमा संलग्न रहेका व्यक्तिहरुले राजनैतिक हैसियतमा प्राप्त गरेको पदक,
ग० कुनै पनि नेपाली नागरिकले प्राप्त गरेको तत्काल कायम रहेको राजतन्त्र वा सोसंग सम्बन्धित व्यक्तिहरुको नाममा राखिएको वा सोसंग सम्बन्धित कुनै पनि पदक ।
(२) उपनियम (१) बमोजिमको सूचना प्रकाशन भएमा त्यस्तो पदक प्राप्त गरेको व्यक्तिले सोही सूचनामा तोकिएको अवधिभित्र फिर्ता गर्नु निजको कर्तव्य हुनेछ ।